
काठमाडौं, २९ कार्तिक । सवारी दुर्घटना गराएर प्रहरी हिरासतमा रहेका भाइरल झाँक्री प्रकाश भुजेललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आज काठमाडौं जिल्ला अदालतले उनलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।
काठमाडौंको शंखरापुरमा हिजो हिजो भुजेलले चलाएको गाडीले ठक्कर दिँदा नारायण नगरकोटीको उपचार क्रममा ग्राण्डी अस्पतालमा हिजो मृत्यु भएको थियो भने उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छिन् ।








प्रतिक्रिया