
काठमाडौं, २९ कार्तिक । नेपाल प्रहरीले सवारी दुर्घटना गराएपछि प्रहरी हिरासतमा रहेको भाइरल झाँक्री प्रकाश भुजेलको सवारी लाइसेन्सको खोजी गरिरहेको छ ।
बौद्व प्रहरीको हिरासतमा रहेका भुजेलको लाइसेन्स नभेटिएपछि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको हो । भुजेलले घरमा लाइसेन्स रहेको दावी गरे पनि भए/नभएको यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।
हिजो भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंखरापुरमा मोटरसाइकललाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीो मृत्यु भएको थियो भने उनकी श्रीमती किसानुमाया नगरकोटीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।








प्रतिक्रिया