३० जेष्ठ २०८३, शनिबार

नेशनल लाईफ इन्स्योरेन्सको ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’ सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २७ कात्तिक । ‘एक्सेल एण्ड इलिभेट’ भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले तीनदिने ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’ भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई सर्वसुलभ रुपमा प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

विभागिय प्रमुख तथा देशैभरीबाट प्रशासनिक कर्मचारीहरु गरी २५० जना भन्दा बढीको सहभागिता भएको सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष सिंहले कम्पनीमा कार्यरत सवै तहका कर्मचारीहरु कम्पनीको ब्राण्ड एम्वेसडर भएको हुँदा कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन आ-आफ्नो क्षेत्रबाट सबै जनाले जिम्मेवारी बहन गर्नुपर्ने बताइन् । उनले देशैभरीबाट कम्पनीको दैनिक कार्य सम्पादनमा उत्कृष्ट ठहरिएका ७ जना प्रशासनिक कर्मचारीहरु अत्तरिया शाखाका रामसिंह चौधरी, सुर्खेत शाखाका राजेन्द्र चौधरी, बुटवल शाखाका प्रविण कुमार शर्मा, दमौली शाखाबाट मिलन थापा मगर केन्द्रिय कार्यालयकी दिक्षा पनेरु राजविराज शाखाकी प्रज्ञा आचार्य कर्ण र पाँचथर शाखाकी दिलकुमारी योञ्जनलाई सम्मान तथा पुरस्कृत गरेकी थिइन् ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकाले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिवद्धता जनाए ।

यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण सम्बन्धमा प्रशिक्षण प्रदान गर्दै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्ने कार्य बढ्दै गएकोले यसतर्फ सचेत रहन आग्रह गरे । विभिन्न वित्तीय क्रियाकलापबाट यस्ता व्यक्तिहरुलाई चिन्न सकिने भएकोले उनीहरुको वित्तीय क्रियाकलापलाई सुक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता क्रियाकलाप रोक्न टेवा मिल्ने भएकाले राष्ट्रिय हितका लागि यस्ता कार्यलाई रोक्नु हामी सबैको कर्तव्य भएको बताए ।

कार्यक्रममा सहभागि कर्मचारीहरुलाई प्रशिक्षक अरनिको सिंहले आफूलाई सुम्पिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न समस्याहरुको पहिचान हुनेगरी खाका तयार गरेमा जुनसुकै समस्याको समाधान गर्न सहजिकरण हुने र सेवाग्राहीहरुले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा कर्मचारीहरुको दक्षता जाँच गर्नका लागि सहभागि प्रशासनिक कर्मचारीहरुको परीक्षा सञ्चालन गरिएको थियो । परिक्षाबाट प्रथम, द्धितिय र तृतिय हुन सफल क्रमशः बुटवल शाखाबाट प्रविणकुमार शर्मा, काठमाडौं शाखाबाट चक्रप्रसाद जोशी र केन्दिय कार्यालयबाट दिपक मरासिनीलाई प्रमुख कार्यकारी अधिकृतले नगद पुरस्कारसहित सम्मान गरेका थिए ।

यसैगरी, सम्मेलनमा पुरुषतर्फ फुटसल र महिलातर्फ म्यूजिकल चेयर जस्ता विविध खेलहरु पनि आयोजना गरिएको थियो । जसअन्तर्गत फुटसलतर्फ प्रथम, द्धितिय र तृतिय हुने क्रमश: कोशी प्रदेश, केन्द्रिय कार्यालय र बागमती प्रदेश तथा म्यूजिकल चेयरतर्फ प्रथम, द्धितिय र तृतिय हने क्रमशः पवित्रा लुंगेली सिन्धुली, सविना भट्टराई किर्तिपुर र अप्सरा खत्री गाईघाटलाई पनि प्रमुख कार्यकारी अधिकृतले कप तथा मेडल प्रदान गरेका थिए ।