२६ असार २०८३, शुक्रबार

वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा एमाले नेताहरूको टोली चीन प्रस्थान

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कार्तिक । नेकपा (एमाले) को उच्चस्तरीय प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोली चीन प्रस्थान गरेको हो । टोलीमा एमाले सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटी लगायत १५ जना छन् ।

टोलीमा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी १० पुरुष र पाँचजना महिला नेताहरू सहभागी छन् । १० दिनसम्मको भ्रमण कार्यक्रमका क्रममा एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले चीनको नानजिङ्गमा आयोजना हुने दोश्रो ग्लोबल साउथ थिन्क ट्यांक फोरममा प्रमुख वक्ताका रुपमा सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण अवधिमा टोली चीनको जाङ्सु, उहान, बेइजिङ लगायतका स्थानहरुमा आयोजना हुने विभिन्न औपचारिक कार्यक्रमहरुमा सहभागि हुने छ । ती कार्यक्रमहरुमा बरिष्ठ उपाध्यक्ष पोखरेलले सम्वोधन गर्नेछन् ।

भ्रमण टोलीलाई एमाले संगठन बिभाग प्रमुख काशिनाथ अधिकारी, रक्षामन्त्री मानवीर राई, एमाले केन्द्रिय कार्यलय सचिब डा. भीष्म अधिकारी, एमाले बिदेश विभाग सदस्य गोपाल खनाल लगायतले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बिदाई गरेका थिए ।

त्यसअघि प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आईतबार बालुवाटारमा आयोजित एक कार्यक्रममा भ्रमण टोलीलाई शुभकामना दिएका थिए । प्रतिनिधि मण्डल मंसिर ६ गते स्वदेश फर्किने छ ।