
काठमाडौं, २७ कार्तिक । ज्यान मुद्वामा दोषी ठहर भएका गण्डकी प्रदेश सांसद राजिव गुरूङ उर्फ दीपक मनांगे पक्राउ परेका छन् ।
प्रहरीले आज उनलाई काठमाडौंस्थित सानो भर्याङबाट पक्राउ गरेको हो । कात्तिक २० गते सर्वोच्च अदालतले उनलाई उच्च अदालत पाटनको फैसला सदर गर्दै ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै पाँच वर्षको कैद सजाय सुनाएको हो ।
मनाङेले चक्रे मिलनमाथि आक्रमण गरेका थिए । आक्रमणबाट उनको हात छिनेको थियो ।








प्रतिक्रिया