२२ जेष्ठ २०८३, शुक्रबार

थुनामा भेट्न गएका उपसभापतिद्वयलाई के भने रवि लामिछानेले ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कार्तिक । सहकारी ठगीको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पार्टी उपसभापतिद्वय डीपी अर्याल, स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झाले भेट गरेका छन् ।

आज थुनामै पुगेर नेताहरू सभापति लामिछानेसँग भेट गर्नुका साथै कुराकानी गरेका हुन् । भेटमा सभापति लामिछानेले सरकारले आफूमाथि प्रतिशोध नै साँधेको दोहोर्‍याएका थिए । उनले यसबारे जनतालाई बुझाउन पनि आग्रह गरेका छन् ।

सभापतिको भनाइ उद्धृत गर्दै प्रवक्ता झाले भने, ‘अहिले अनुसन्धान प्रक्रिया चलिरहेको छ । हामीले बाहिर बसेर गर्न सकिने विषय हुँदाहुँदै पनि मलाई यति गर्नु भनेको चाहिँ राजनीतिक प्रतिशोध हो । यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा नागरिकलाई बुझाउन भ्याउनुभएको छ कि छैन, बुझाउनुस् । त्यसमा केन्द्रीय समिति र हाम्रा नेताहरु चुक्नुहुँदैन ।’

भेटपटि उपसभापति स्वर्णिम वाग्लेले राज्यले सभापति लामिछानेलाई प्रतिसोध साँध्न हिरासतमा राखेको भन्दै आन्दोलनलाई जारी राख्ने स्पष्ट पारे ।

थप आन्दोलनका कार्यक्रम बारे पर्सी पत्रकार सम्मेलन गरेर जानकारी दिने अर्का उपसभापति वाग्लेले बताए ।