२३ जेष्ठ २०८३, शनिबार

प्रधानाध्यापक बोम्जनमाथि सिन्धुलीमा गोली प्रहार

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कार्तिक । मकवानपुरको बकैया गाउँपालिका–३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बागमती गाउँपालिका–१ का प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार भएको छ ।

मकवानपुरको बागमतीबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका बोम्जनमाथि सिन्धुलीको हरिहरपुरगढी–६ मा बोम्जनमाथी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो ।

प्रहरीका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले मोटरसाइकलमा सवार रहेका बोम्जनमाथी गोली प्रहार गरेको हुन ।

उनलाई सर्लाहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगंज लगिएको छ । गोली प्रहार गर्ने ब्यक्तिहरुको खोजी कार्य भैइरहेको प्रहरीले जनाएको छ ।