
काठमाडौं, २४ कात्तिक । नेकपा (एमाले)ले सिंगो पार्टी पंक्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।
आज बसेको सचिवालय बैठकले सिंगो पार्टी पंक्तिलाई स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । एमालेको विजयका लागि सम्पूर्ण कार्यकर्ता र नेतृत्व पंक्तिलाई परिचालन हुन आह्वान गरिएको ज्ञवालीले बताए ।
यसैगरी, बैठकले उपनिर्वाचनका लागि सिफारिस भई आएको उम्मेदवारको नाम पनि अनुमोदन गरेको उपमहासचिव ज्ञवालीले बताए ।









प्रतिक्रिया