२८ असार २०८३, आइतबार

भैलो खेलेर संकलन गरिएको १ लाख रुपैयाँ क्यान्सरपीडितलाई सहयोग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २४ कात्तिक । देउसी भैलो खेलेर संकलन गरिएको रकम क्यान्सरपीडित बिरामीलाई उपचार गर्न सहयोग गरिएको छ ।

घोराही उपमहानगरपालिका–१० को प्रकृति लोक सांस्कृतिक क्लबले तिहारका अवसरमा भैलो खेलेर संकलन गरेको एक लाख रुपैयाँ क्यान्सरपीडित गौमती थापाको उपचारका लागि सहयोग गरेको हो । घोराही–१० नारायणपुरकी थापा स्तन क्यान्सर रोगका कारण बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचाररत छिन् ।

बिरामीको उपचारमा सहयोग पुगोस् भनेर भैलोबाट संकलन गरिएको रकम सहयोग गरिएको क्लबका अध्यक्ष आशिष पुनले बताए । भैलोबाट संकलित रकम प्रत्येक वर्ष सामाजिक कार्यमा लगाउने गरेको उनको भनाइ छ ।

गत वर्ष भैलोबाट संकलन गरिएको एक लाख रुपैयाँ बराबराका सामग्री क्लबले घोराही–१० मा रहेको सेवाघर, वडा नम्बर १६ मा रहेको वृद्धाश्रम र तुलसीपुरमा रहेको मानव सेवाघरलाई सहयोग गरेको थियो ।

क्लबले बिरामी थापाको उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ । उनको उपचारमा ४३ लाख रुपैयाँ लाग्ने बताइएको छ । कमजोर आर्थिक अवस्थाका कारण थापाको उपचारमा समस्या भइरहेको क्लबका अध्यक्ष पुनले बताए ।