१ कार्तिक २०८३, आइतबार

धनराज गुरूङकी पूर्वपत्नी ज्योति र भण्डारीविरूद्ध रेड नोटिस जारी

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कार्तिक । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा दुईजना विरूद्व रेड कर्नर नोटिस जारी भएको छ ।

इन्टरपोलबाट काँग्रेस उपसभापति धनराज गुरूङकी पूर्व श्रीमती ज्योति गुरूङ र व्यवसायी ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी भएको हो ।

सहकारीबाट उनीहरूले १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको पाइएको छ । काँग्रेस उपसभापति गुरूङले ज्योतिसँग सम्बन्धविच्छेद गरिसकेको दावी गर्दै आएपनि उक्त सम्बन्धविच्छेद नक्कली भएको दावी समेत गरिएको छ ।