२१ असार २०८३, आइतबार

ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति बन्ने पक्का

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित सुनिश्चित देखिएको छ ।

डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रो पटक राष्ट्रपति बन्ने पक्का भएको हो ।

दोस्रो विश्वयुद्धपछि ४ वर्षको अन्तरालपछि पुनः चुनाव जित्ने ट्रम्प पहिलो राष्ट्रपति बन्ने छन् । ट्रम्प सन् २०१६ मा पहिलो पटक राष्ट्रपति बनेका थिए । उनले २०२० को चुनाव जो बाइडेनसँग हारेका थिए ।

१३२ वर्ष पहिले ग्रोभर क्लिभल्याण्ड दुई पटक अमेरिकाको राष्ट्रपति बनेका थिए । उनले ४ वर्षको अन्तरालमा १८८४ र १८९२ को राष्ट्रपति चुनाव जितेका थिए ।

ट्रम्पको रिपब्लिकन पार्टी बहुमत नजिक

अमेरिकाको ५३८ इलेक्टोरल कलेज मतमध्ये ट्रम्पको रिपब्लिकन पार्टी बहुमत (२७० मत)बाट मात्र ३ मत टाढा छ । अहिलेसम्म रिपब्लिकनले २६७ इलेक्टोरल कलेज मत पाएको हो । कमला ह्यारिसको डेमोक्रेटिक पार्टीले २२४ मत पाएको छ । दुवैबीच ४३ मतको मात्र अन्तर छ ।

५ राज्यको मतगणना जारी छ । त्यसमा पनि ट्रम्पको अग्रता छ ।