१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

प्रधानमन्त्रीको सचिवालयले बुधबार ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको हो ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मंगलबारदेखि अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेका छन् ।