२५ असार २०८३, बिहिबार

अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्प २३ इलेक्टोरल भोटसहित अगाडि

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि जारी मतदान सकिन अब केही घण्टा बाँकी छ ।

५३८ इलेक्टोरल भोट अर्थात् ५० राज्यका सिटका लागि मंगलबार मतदान सुरु भएको हो । प्रमुख राज्यहरूमा भोटिङ आज बिहान करिब ९ः३० सम्म समाप्त हुनेछ ।

हालसम्म ६ राज्यमा मतदान सकिएको छ । जसमध्ये ४ राज्यको नतिजा आएको छ । यी मध्ये ३ राज्यमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएका छन् । उनी २३ इलेक्टोरल भोटका साथ अगाडि छन् । उनका प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस १ राज्यमा विजयी भएकी छन् । उनको हाल ३ इलेक्टोरल भोट छ ।

बहुमतका लागि २७० इलेक्टोरल भोटको आवश्यक पर्दछ ।

राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमलाबीच कडा प्रतिस्पर्धा छ । कमला विजयी भए २३० वर्षको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति बन्नेछिन् ।

ट्रम्पले जिते भने उनी ४ वर्षपछि ह्वाइट हाउस फर्किनेछन् ।

कमला हाल अमेरिकाको उपराष्ट्रपति छिन् भने ट्रम्प सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति भइसकेका छन् ।