
काठमाडौं, २० कार्तिक । गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरूङ उर्फ दिपक मनाङ्गे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन् ।
आज सर्वोच्च अदालतले पूर्वमन्त्रीसमेत रहेका मनाङ्गेलाई दोषी ठहर गरेको हो । न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको हो ।
उच्च अदालत पाटनले उनलाई दोषी ठहर गर्दै ५ वर्ष कैदको फैसला सुनाएको थियो । मनाङेको समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो ।















प्रतिक्रिया