१ कार्तिक २०८३, आइतबार

५ करोड ठगेर भागेकी बिनु कम्बोडियाबाट पक्राउ

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कार्तिक । करोडौं ठगेर फरार रहेकी सिन्धुपाल्चोककी बिनु शाक्य कम्बाडियाबाट पक्राउ परेकी छिन् ।

इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएकी शाक्यलाई कम्बोडियाको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) नोमपेनको समन्वयमा पक्राउ गरेर नेपाल ल्याइएको हो ।

उनले सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएको प्रहरीले बताएको छ ।

उनीसँगै ठगीमा संलग्न मुख्य अभियुक्त उदयपुर त्रियुगा नगरपालिका-१० का सुजन आचार्यलाई यसअघि नै कम्बोडियाबाटै पक्राउ गरेर नेपाल ल्याइसकिएको छ । सुजन र बिनु प्रेमी प्रेमिका हुन् ।