१५ असार २०८३, सोमबार

नेपाली संस्कृतिको आफ्नै मौलिक पहिचान छ : प्रधानमन्त्री

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृतिको आफ्नै मौलिक पहिचान रहेको बताएका छन् ।

नेपाल संवत् ११४५ प्रारम्भको अवसरमा शनिबार बिहान भक्तपुरमा नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः को प्रतिमामा माल्यार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा आफ्नै संस्कार, संस्कृति र नृत्यहरू भएको बताएका हुन् । ‘यस्तो दुनियाँमा काहीँ पनि छैन, यहाँ मात्रै हो, देवतै पिच्छेका, देवता पनि हामीसँग त ३३ कोटी छन्’, ओलीले भने ।

ओलीले ३३ कोटी देवताकै नाममा गीत र नृत्य भएका बताए । यसले गीत, नाच, धुन र चाडपर्वमा विविधता ल्याएको उहाँले स्पष्ट पर्नुभयो । त्यसैले नेपाली संस्कार र संस्कृतिलाई जीवित राख्ने मात्र होइन फैलाउनु पर्नेमा उनले जोड दिए । यसलाई फैलाउन सरकारको तर्फबाट पनि प्रयास भइरहेको उनको भनाइ छ ।

नेवारी भाषामा सरकारी सञ्चारमाध्यमबाट समाचार प्रसारण लगायतका काम हुने त्यसकै उदाहरण भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । नेपाली भाषा संस्कार र संस्कृतिलाई जोगाउने कुरामा आफू साथमा रहेको उनले बताए ।