८ असार २०८३, सोमबार

एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा. मानन्धर सिफारिस

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्त्कि । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनको लागि नेकपा (एमाले)ले कीर्तिपुर नगरपालिकाको प्रमुख लड्ने उम्मेदवारको टुंगो लगाएको छ ।

एमालेले नगरपालिका प्रमुखमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिका कमिटीले एमालेका तर्फबाट नगर प्रमुख उम्मेदवारमा मानन्धरको नाम सर्वसम्मत सिफारिस गरेको एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले जानकारी दिए ।

एमाले केन्द्रीय सदस्य मानन्धरलाई प्रमुखको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस गरिएको छ । सर्वसम्मत सिफारिस भएकाले एमालेबाट मानन्धर उम्मेदवार बन्ने पक्का भएको छ । यसअघिका कीर्तिपुर नगरपालिकामा प्रमुखमा निर्वाचित भएका राजनकुमार नकर्मीको निधन भएपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो । नेपाली कांग्रेसबाट निर्वाचित नकर्मीको मिर्गौलाको रोगका कारण ज्यान गएको थियो ।