९ असार २०८३, मंगलबार

जो बाइडेनले डोनाल्ड ट्रम्पका समर्थकलाई ‘फोहोर’ भनेपछि…

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कार्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पको मेडिसन स्क्वायर गार्डनमा आयोजित र्‍यालीमा ट्रम्पका समर्थकप्रति अपमानजनक शब्द प्रयोग गरेपछि अमेरिकामा चुनावी विवाद चुलिएको छ ।

बाइडेनले ट्रम्पका समर्थकहरूलाई ‘फोहोर’ भनी सम्बोधन गर्दै ट्रम्पले लातिनो समुदायलाई ‘राक्षस’ को रूपमा चित्रण गरेको भन्दै कडा आलोचना गरेका हुन् ।

हिस्पानिक एड्भोकेसी समूह ‘भोट लातिनो’ सँगको कार्यक्रममा बाइडेनले ट्रम्पको समर्थकहरूलाई अपमान गर्दै भने, ‘म फोहोर देख्छु भने त्यो ट्रम्पका समर्थकहरू मात्र हुन् । उनले लातिनो समुदायलाई राक्षसको रूपमा देखाउनु अस्वीकार्य छ र यो अमेरिकाको मान्यतासँग विपरीत छ ।’

तर, व्हाइट हाउसले बाइडेनको भनाइलाई र्‍यालीमा भएको भ्रामक र घृणास्पद टिप्पणीलाई फोहोर भनेको’ भनेर स्पष्टिकरण दिएको छ । रिपब्लिकन नेताहरूले तुरुन्तै बाइडेनको भनाइको कडा आलोचना गरेका थिए । फ्लोरिडाका सिनेटर मार्को रुबियोले पेन्सिल्भेनियामा आयोजित ट्रम्पको र्‍यालीमा भने, ‘जो बाइडेनले हामीलाई फोहोर भनेका छन्, उनी देशलाई माया गर्ने सामान्य अमेरिकीहरूको कुरा गरिरहेका छन् ।’

ट्रम्पले बाइडेनको यस भनाइलाई २०१६ मा हिलारी क्लिन्टनले ट्रम्प समर्थकलाई ‘बास्केट अफ डिप्लोरबल्स’ भनेको टिप्पणीसँग तुलना गर्दै भने, ‘हिलारीले डिप्लोरबल भनेकी थिइन्, अहिले बाइडेनले फोहोर भनेका छन्, अझ नराम्रो शब्द यही हो ।’

ट्रम्पका अन्य समर्थक नेताहरूले पनि बाइडेनको भनाइलाई अस्वीकार्य भएको बताएका छन् । ट्रम्पका उपराष्ट्रपति उम्मेदवार जे.डी. भ्यान्सले बाइडेनको भनाइलाई ‘अप्रिय’ भन्दै भने, ‘कमला ह्यारिस र बाइडेनले देशको आधा जनतालाई अपमान गरिरहेका छन्, यसको कुनै बहाना छैन ।’ सिनेटर टम कटनले कमला ह्यारिसलाई बाइडेनको यस ‘घृणास्पद टिप्पणी’को निन्दा गर्न आह्वान गरेका छन् ।

राष्ट्रपति बाइडेनले आलोचना पछि ‘एक्स’ (पूर्वमा ट्विटर) मा स्पष्टीकरण दिंदै आफू ट्रम्पका सबै समर्थकलाई नभई मेडिसन स्क्वायर गार्डनमा देखिएको घृणास्पद अभिव्यक्तिलाई मात्र ‘फोहोर’ भनेको स्पष्टिकरण दिएका छन् ।