६ असार २०८३, शनिबार

स्मार्ट च्वाइस् टेक्नोलोजिज् र एनसीएचएलबीच नेपालपे कार्डको लागि समझदारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । स्मार्ट च्वाइस् टेक्नोलोजिज् (एस्सिटि) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)बीच नेपालपे कार्ड जारी गर्न र अक्वायर गर्न पूर्वाधार तयार गरी इन्टिग्रेट गर्ने समझदारी भएको छ ।

समझदारीपत्रमा एस्सिटिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा एनसीएचएले चरणबद्ध रुपमा स्थापना गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको दोस्रो चरणअन्तर्गत नेपालको आफ्नै डोमेस्टिक कार्ड स्कीम ‘नेपालपे’ र एनपीएस-नेशनल कार्ड स्विच कार्यान्वयनको लागि आवश्यक जडान तथा परीक्षण कार्य भइरहेको छ ।

नेपालपे कार्डको स्वीकार्यता र प्रयोग वृद्धि गर्नका लागि एस्सिटिले आफ्नो प्रणाली तथा पूर्वाधारमा आवश्यक स्तरोन्नती गरे पश्चात् एनपीएस–एनसीएसको प्राविधिक सदस्यतालाई नेपालपे कार्ड जारी र अक्वायर गर्न सक्ने जनाइएको छ । सञ्चालनमा आए पश्चात् उक्त कार्डको राउटिङ्ग, स्विचिङ्ग तथा सेटलमेन्ट एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमार्फत हुने बताइएको छ ।

एनसीएचएलले आफ्नो इएफटी कार्ड स्वीच मार्फत १२ बैंकहरुलाई अन्य कार्ड स्कीमको प्रोसेसिङ्ग र कार्ड सर्भिसेस्को सुविधा प्रदान गर्दै आएको छ भने एस्सिटिले १० बैंक, ११ वित्तीय संस्था, १०० बढी सहकारी संस्थाहरुलाई कार्ड प्रोसेसिङ्गको सेवा दिँदै आएको छ ।

नेपालको आफ्नै भुक्तानी कार्ड स्कीम ‘नेपालपे’को कार्यान्वयन पश्चात् बैंकका ग्राहकहरुले डोमेस्टिक स्कीममार्फत नै सहज रुपमा कार्ड प्राप्त गर्न सक्ने र कारोबार गर्न सक्नेछन् साथै नेपालपेलगायतका कार्डसम्बन्धी कारोबारहरु एनपीएसअन्तर्गत नेशनल कार्ड स्वीचमार्फत हुने हुँदा नेपालपेको विस्तारमा यस समझदारीले विशेष योगदान पुग्ने विश्वास गरिएको छ ।