
काठमाडौं, १२ कात्तिक । साताको पहिलो कारोबार दिन आज सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार रुपैयाँ तोकेको छ । आज सुन प्रतितोला ४ सय रूपैयाँले घटेको हो । यसअघि आइतबार सुन १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ । आइतबार तोलामा २ हजार ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले घटेर २ हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया