
काठमाडौं, ११ कात्तिक । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा जारी गर्न लागेको साधारण शेयर निष्कासनको लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका १ अर्ब ७६ करोड १० लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख १० हजार ५० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्नेसम्बन्धी सम्झौता गरेको हो ।
सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका छन् ।
मुनलाईट हाइड्रोपावरले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा २२.१४ मेगावाट क्षमताको बलेफी-ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ७० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।








प्रतिक्रिया