
काठमाडौं, ११ कात्तिक । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सन लाइफ क्यापिटलले विश्व लगानीकर्ता सप्ताह-२०२४ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरु, युवा विद्यार्थीहरु, व्यवसायिक महिला, उद्योग व्यवसायिहरु लक्षित गरेर लगानीकर्ता शिक्षा तथा सचेतनासम्बन्धी कार्यक्रम गरेको छ ।
धितोपत्र बोर्डको समन्वयमा देशव्यापीरुपमा धितोपत्र बजारसँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरुको सहभागितामा विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा आयोजना भइरहेका विभिन्न लगानीकर्ता शिक्षा तथा सचेतनासम्बन्धी कार्यक्रम अन्तर्गत सन लाइफ क्यापिटलले गत कात्तिक ८ गते आम लगानीकर्ताहरु, व्यवसायिक महिला तथा व्यवसायिक व्यक्तित्वहरुको सहभागितामा बनेपामा लगानीकर्ता शिक्षा तथा सचेतनासम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेपालि धितोपत्र बजारको पृष्ठभूमि, नेपाली धितोपत्र बजारको प्राविधक विकास, लगानीका आधारभूत पक्षहरु, धितोपत्र बजारमा हुने धोकाधडी तथा घोटालाको रोकथाम, सामूहिक लगानी कोष र योजनासम्बन्धी बृहत जानकारी र लगानी व्यवस्थापनसम्बन्धी विषयहरु समेटेर प्रस्तुतिकरण र अन्तरक्रिया गरिएको थियो ।
यसैगरी, युवा विद्यार्थीहरुलाई लक्षित गरेर विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा सनलाइफ क्यापिटलले आइतबार एभरेष्ट माध्यमिक बोर्डिङ स्कूल गल्कोपाखा, काठमाडौंमा धितोपत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा वित्तीय बजार, धितोपत्र बजारसम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, प्राथमिक र दोस्रो बजारसम्बन्धी जानकारी र धितोपत्र बजारमा गरिने कारोबारको व्यवहारिक ज्ञान प्रदान गरिएको थियो जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
सनलाइफ क्यापिटल लिमिटेड धितोपत्रबोर्डबाट स्विकृत प्राप्त मर्चेन्ट बैंकर हो जसले मर्चेन्ट बैंकिङ व्यवसायअन्तर्गत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ ।









प्रतिक्रिया