
काठमाडौं, ११ कात्तिक । विश्व लगानीकर्ता सप्ताह-२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले दुईदिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।
प्रभु क्यापिटलले आयोजना गरेको कार्यक्रम धनुषा जिल्लामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चौक र मोनाष्टिक कलेज, भानु चौकमा अध्ययनरत विधार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरुलाई कात्तिक ८ गते बिहिबार र कात्तिक ९ गते शुक्रबारका दिन सम्पन्न गरेको छ ।

दुई कलेजमा करिब ९० जना विधार्थी, शिक्षक, व्यवसाही तथा अन्य पेशागत कर्मचारीहरुको सहभागिता भएको कार्यक्रमको प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए । कार्यक्रममा झाले पूँजी बजारमा लगानीको प्रतिफल तथा जोखिम व्यवस्थापनसम्बन्धी, आधारभूत तथा प्राविधिक विश्लेषण, शेयर बजारमा लगानी गर्नुपूर्व ध्यान दिनु पर्ने कुराहरु, बजारमा उपलब्ध लगानीका उपकरणहरु तथा लगानी विविधीकरणका जस्ता विषयमा प्रकाश पारेका थिए । साथै, लगानी गर्दा प्रविधि र डिजिटल सेवाको प्रयोग आस्बा, सिआस्बा, मेरो शेयर एपको तथा आइपिओ भर्दा पुर्याउनु पर्ने सजगताका बारेमा प्रकाश पारेका थिए । पोर्टफोलियो व्यवस्थापन, सामूहिक लगानी कोषको लगानीमा हुने फाइदा तथा जोखिसम्बन्धी विषयहरु पनि समेटिएको थियो ।
कार्यक्रमका सहभागी सदस्यहरुले विश्व लगानीकर्ता सप्ताह-२०२४ को अवसरमा यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण, प्रविधि र डिजिटल सेवाको प्रयोग जस्ता विषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले तालिम ज्यादै उपयोगी रहेको तथा शेयर बजारसम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।
प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समसमयमा शेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ भने यो विश्व लगानीकर्ता सप्ताहको आव्हानमा प्रत्येक वर्ष अन्तर्राष्ट्रियस्तरमा लगानीसम्बन्धी विविध कार्यक्रम गरी मनाइने गरिन्छ ।









प्रतिक्रिया