२ श्रावण २०८३, शनिबार

बारामा अज्ञात समूहद्वारा एक जनाको हत्या

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ११ कात्तिक । अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको छ ।

महागढीमाई नगरपालिका-१ मा धारिलो हतियार प्रयोग गरी स्थानीय ५५ वर्षीय नारायण यादवको शनिबार हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए । बटुवाले देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।

गम्भीर घाइते यादवलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल भर्ना गरेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता सापकोटाले बताए ।

यादवको हत्याबारे केही खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।