
धनकुटा, १० कात्तिक । कोशी राजमार्गको धरान-धनकुटा सडकखण्डअन्तर्गत सागुरीगढी गाउँपालिका-६ कोल्बोटेमा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।
धरानबाट धनकुटाको पाख्रिबासस्थित सान्नेतर्फ जाँदै गरेको को. १ ख २७५५ नम्बरको यात्रुवाहक बस शनिबार दिउँसो २ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस सडकबाट ५० मिटर भीरबाट खस्नेक्रममा रुखमा अड्किएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए । घाइते २६ मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
घाइतेहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।









प्रतिक्रिया