१० असार २०८३, बुधबार

इजरायलमाथि थप आक्रमण नगर्न इरानलाई अमेरिकाको आग्रह

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, १० कात्तिक । संयुक्त राज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न शनिबार इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इरानलाई इजरायलमाथि थप आक्रमण नगर्न आग्रह गरेको छ ।

‘हामी इरानलाई इजरायलमाथि आक्रमण नगर्न आग्रह गर्दछौँ ताकि द्वन्द्व यो चक्र थप वृद्धि नगरी अन्त्य गर्न सकियोस्’, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सीन साभेटले पत्रकारहरूलाई भने ।

इजरायली सेनाले शनिबार इरानविरुद्ध सैन्य आधार र मिसाइल उत्पादन केन्द्रलगायत अन्य क्षेत्रहरूमा आक्रमण गरेको छ ।

‘उनीहरूको प्रतिक्रिया आत्मरक्षाको अभ्यास थियो र इजरायलले जनसङ्ख्या भएका क्षेत्रहरुलाई असर नगर्ने गरी केवल सैन्य लक्ष्यहरू केन्द्रित आक्रमण गरेको थियो’, उनले बताए ।

इजरायलले इरानमा गरेको अक्रमणमा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता नरहेको कुरामा जोड दिँदै साभेटले भने, ‘मध्यपूर्व क्षेत्रमा तनाव कम गर्नु हाम्रो उद्देश्य हो ।’