२२ असार २०८३, सोमबार

सहकारी ठगी प्रकरणः सत्ता र प्रतिपक्षका कोही पनि नछुट्ने मन्त्री गुरुङको दाबी

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १० कात्तिक । नेकपा (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षका कुनै पनि नेता अनुसन्धानको दायराबाट नछुट्ने स्पष्ट पारेका छन् ।

शनिबार एमाले लमजुङले बेसीसहर नगरपालिका-८ मा तिहार, नेपाल संवत, छठलगायत पर्वहरुको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।

‘सत्तारुढ दल, प्रतिपक्ष वा अरु जो-जो छन्, कोही पनि छुट्दैनन् । कसैले चिन्ता नलिए हुन्छ’ उनले भने, ‘प्रतिवेदनले औंल्याएका सबैलाई छानबिनको दायरामा ल्याउन सरकारले सुरु गरिसकेको छ ।’

सुशासनको नाममा स्थापित पार्टीका नेता पक्राउ पर्दा सडक आन्दोलन भइरहेको सन्दर्भमा मन्त्री गुरुङले रास्वपाले कस्तो समाज निर्माण गर्न खोजेको भन्दै प्रश्न गरे ।

कांग्रेस र एमालेका नेताहरू भ्रष्टाचार मुद्दामा पक्राउ पर्दा तिनका कार्यकर्ताले सडक आन्दोलन नगरेको स्मरण गराउँदै मन्त्री गुरुङले न्यायपालिका र अनुसन्धानलाई प्रभावित पार्ने गरी आन्दोलन नगर्न आग्रह गरे ।