
काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप गरिएका छन् ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५ ९९० बमोजिम पार्टी केन्द्रीय सदस्य अनिलकुमार रुंगटा प्रमुख रहनुभएको विभाग सदस्यमा आज १० सदस्य मनोनयन गरेका हुन् ।
मनोनित सदस्यहरूमा जगदिशबहादुर पाल (दार्चुला), इञ्जिनियर विनोद देवकोटा (गोरखा), लव ढुङ्गाना (काठमाडौं), गोरखबहादुर केसी (रुकुम पश्चिम), टिएल रिजाल (बर्दिया), इञ्जिनियर धर्मनारायण शाह (सप्तरी), इञ्जिनियर प्रमोद दवाडी (काठमाडौं), इञ्जिनियर विकास अधिकारी (चितवन), पुष्पा शेरचन (मुस्ताङ) र तिलविक्रम चेम्जोङ (पाँचथर) रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।








प्रतिक्रिया