९ असार २०८३, मंगलबार

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको आयोजनामा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसर पारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले एकदिने लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले मकवानपुरको हेटौंडामा आयोजना गरेको कार्यक्रममा बैंकका इन्भेष्टमेन्ट बैंकिङ्ग तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले सहभागी राष्ट्रसेवक प्रहरीहरुलाई शेयर बजार र लगानी शिक्षा तथा लगानी गर्दा अपनाउनु पर्ने सचेतनाका बारेमा प्रकाश पारेका थिए ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि व्यवस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालनसम्बन्धी सेवा, संस्थागत परामर्शसम्बन्धी सेवा तथा शेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।