२९ जेष्ठ २०८३, शुक्रबार

सत्तारूढ दलहरूले जारी गरे संयुक्त वक्तव्य

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कार्तिक । सत्तारूढ दलहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सत्तारूढ दलहरू एकजुट रहेको सन्देश स्वरूप वक्तव्य जारी गरेका हुन् ।

सरकारले हालसम्म सम्पन्न गरेका र थालनी गरेका कामको स्वागत गर्दै बाँकी काम पनि प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिवद्वता व्यक्त गरिएको छ ।

संयुक्त वक्तव्यमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणु यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गर्नु भएको हो ।