
काठमाडौं, ९ कार्तिक । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरेको छ ।
१९ वटा जिल्ला प्रशासन कार्यालय र एउटा इलाका प्रशासन कार्यालय प्रमुख हेरफेर भएको हो । मन्त्रालयले ललितपुरको सीडीओमा रमेश ढकालको सरुवा गरेको छ । यस्तै भक्तपुरको सीडीओमा गोपाल अर्यालको सरुवा भएको छ ।
तुलसी प्रसाद श्रेष्ठ गृह मन्त्रालयमा तानिएका छन् ।











प्रतिक्रिया