८ असार २०८३, सोमबार

महिला सशक्तिकरण विकासको बलियो स्तम्भ : मन्त्री साह

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले समाजमा रहेका लैंगिक विभेदहरुलाई अन्त्य गर्दै महिला तथा बालबालिकाका लागि समान अधिकार र अवसरहरु सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायको सहकार्य आवश्यक रहेको बताएका छन् ।

शुक्रबार नागरिक समाजको प्रतिवेदनमाथिको राष्ट्रिय परामर्श कार्यक्रमको उद्घाटन गर्दै मन्त्री साहले महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भूमिका खेल्न सक्ने भएका कारण आफू महिला अधिकार सुनुश्चित गर्नको लागि तत्पर रहेको बताएका हुन् ।

उनले भने, ‘सरकार र सम्बन्धित संस्थाहरु मिलेर समाजमा रहेका लैंगिक विभेदहरुलाई अन्त्य गरी महिला तथा बालबालिकाका लागि समान अधिकार र अवसरहरु सुनिक्षित गर्न, समान अवसरका लागि मार्ग प्रशस्त गर्न सकिन्छ । महिला सशक्तिकरण आवश्यक छ । र महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भूमिका खेल्न सक्छन् भन्ने कुरामा म आफै दृढ विश्वस्त छु । म महिला अधिकारको लागि निरन्तर तत्पर रहेको छु ।’

उनले महिला र बालबालिकाहरुका लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुको साथै सहभागितामूलक बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । ‘त्यसैले महिला र बालबालिकाहरुका लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुको साथै सहभागितामुलक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु । यो सम्मेलन महिला र बालबालिकाको सशक्तिकरणमा ठुलो योगदान पुर्‍याउनेछ भन्ने आशा व्यक्त गर्दछु । महिला तथा बालबालिकाको सशक्तिकरणका लागि भएका समस्याहरुलाई उजागर गर्दै समाधानको बाटो पहिल्याउनेछ भन्ने आशा गर्दै तथ्यपरक प्रतिवेदन बन्नेछ भन्ने विश्वास लिन चाहान्छु,’ उनको भनाइ छ ।