२४ जेष्ठ २०८३, आइतबार

कोशी र मधेसमा वर्षाको सम्भावना

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आँधी ‘डाना’को प्रभाव नेपालमा पनि पर्न थालेको जनाएको छ । यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री आधी ‘डाना’को प्रभावका कारण कोशी प्रदेश र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए ।

‘समुन्द्री आँधी डानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा पर्ने देखिन्छ, बंगालको खाडीमा केही दिनअघि यो उत्पन्न भएको थियो । भारतको उडिसा र पश्चिम बंगालमा पनि यसको प्रभाव परेको छ’, उनले भने ।