२४ असार २०८३, बुधबार

रवि र छविसहित १२ जनाविरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक छविलाल जोशीविरूद्व रूपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

रूपन्देही जिल्ला अदालतको न्यायाधीस श्यामप्रसाद श्रेष्ठको इजलासले लामिछाने, जोशीसहित १२ जनाविरूद्व पक्राउ पुर्जी जारी गरेको हो ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगीको आरोपमा उनीहरूविरूद्व पक्राउ पुर्जी जारी भएको हो ।