२५ असार २०८३, बिहिबार

थाल ठटाउँदै सहकारी पीडितले भने- ‘जीवी, रवि को हुन् ? सहकारी ठग हुन्’ (भिडिओसहित)

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ८ कात्तिक । सहकारी पीडितले बचत रकम फिर्ताको माग गर्दै पोखरामा थाल ठटाउँदै प्रदर्शन गरेका छन् ।

सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा सहकारी बचत पीडित संघ कास्कीको आह्वानमा सहकारी पीडितहरु मुस्ताङचोकमा जम्मा भएर प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’, ‘हाम्रो बचत फिर्ता गर’, जीवी राईलाई पक्राउ गर, ‘गोरखा मिडियाको पैसा फिर्ता गर, ‘जीवी, रवि को हुन् ? सहकारी ठग हुन्’, ‘जीवी राई कहाँ छ ?, रवि दाईलाई थाहा छ’लगायतका नाराबाजी गरेका थिए ।

यसैबीच, सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यसअघिको ६ दिनको म्याद सकिएसँगै लामिछानेलाई आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।