१० असार २०८३, बुधबार

एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानद्वारा शुभकामना आदानप्रदान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कार्तिक । नेकपा (एमाले) को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले विजया दशमी, तिहार, नेपाल संवत् तथा छठ लगायत चाडपर्वहरूको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रतिष्ठानका निर्देशक समिति सदस्यहरू र प्रतिष्ठानका विभिन्न डेस्कमा आबद्ध विज्ञ सदस्यहरूको उपस्थिति थियो ।

कार्यक्रममा पार्टी वरिष्ठ उपाध्यक्ष एवम् प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै भने स्थायी कमिटी सदस्य एवम् वागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, युवराज खतिवडा, दिनेश दवकोटा लगायत निर्देशक समिति सदस्यहरूले आ–आफ्नो डेस्कको कार्यप्रगति र भावी रणनीतिको बारेमा कुरा राख्नुभएको प्रतिष्ठानका कार्यकारी प्रमुख आशिष रेग्मीले जानकारी दिए ।