
काठमाडौं, ८ कार्तिक । नेकपा (एमाले) का सांसद एवम् सहकारी ठगी सम्बन्धी छानबिनका लागि बनेको संसदीय समितिका संयोजक सूर्य थापाले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईको कानूनी सल्लाहकार रहेका व्यक्ति राष्ट्रपति रामचन्द्र पौडेलको सल्लाहकारमा रहनु लज्जास्पद विषय भएको बताएका छन् ।
राष्ट्रपतिका कानूनी सल्लाहकार रहेका बाबुराम कुँवर जीवी राईको सल्लाहकार रहेका खुलेसँगै थापाले आपत्ति जनाएका हुन् ।
‘सहकारी ठग जीवी राईको कानूनी सल्लाहकार रहेको व्यक्ति सम्माननीय राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान देखिनु राष्ट्रकै लागि एउटा लज्जास्पद दृश्य हो,’ उनले लेखेका छन् ।








प्रतिक्रिया