१ श्रावण २०८३, शुक्रबार

दुर्गापूजाका साडी मुसहर महिलालाई प्रदान

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, ८ कात्तिक । लहानस्थित दुर्गा मन्दिरमा नवरात्रमा भक्तजनले अर्पण गरेका साडी यहाँका अतिविपन्न मुसहर महिलाहरुलाई प्रदान गरिएको छ ।

दुर्गा पूजा समितिका संयोजक एवं लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले वडा नं १५ शोभापुरका मुसहर समुदायका ९१ जना महिलालाई बुधबार अपराह्न जनही एउटा साडी प्रदान गरेका हुन् ।

समितिका सदस्य विकास शारदाका अनुसार यस वर्षको दुर्गा पूजामा आठ लाख ५३ हजार रुपैयाँ नगद र तीन तोला चार आना सुन संकलन भएको छ । यो गत वर्षको भन्दा एक लाख ५३ हजार रुपैयाँले बढी हो ।