
पोखरा, ८ कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप अनुसन्धानका लागि म्याद थप गर्न कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
कात्तिक २ गते पक्राउ परी पोखरा पुर्याइएका लामिछानेको मामिलामा अदालतले यसअघि कात्तिक ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको थियो ।
कास्की प्रहरीका अनुसार अदालतले दिएको म्याद सकिए पनि अनुसन्धान कार्य पूर्ण नभएकाले म्याद थपका लागि लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो ।








प्रतिक्रिया