२१ असार २०८३, आइतबार

लगातार उकालो लागेको सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज बिहीबार भने घटेको छ । आज एकैदिन सुन प्रतितोला सात सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि बुधबार १ लाख ६६ हजार ७ सय रूपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ४० रूपैयाँले घटेको छ । बुधबार तोलामा २१ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँले घटेर २ हजार ९५ रूपैयाँमा कारोबार भइरहेको छ ।