
काठमाडौं, ८ कात्तिक । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम तिर्न उद्योगीहरुलाई दिएको समय सीमा आज सकिँदैछ ।
प्राधिकरणले गत असोज २४ गते डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै कात्तिक ८ गतेभित्र बक्यौता रकम नबुझाए कानुन बमोजिम असुल गर्ने चेतावनी दिएको थियो । तर, बुधबरसम्म कुनै पनि उद्योगीहरुले बक्यौता बुझाएका छैनन् ।
यसबारे निर्णय गर्न नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठक आज बस्दैछ । बैठकमा उद्योगीहरुबाट बक्यौता रकम असुल्ने उपाय र उद्योगको लाइन काट्ने या नकाट्ने भन्नेबारे छलफल हुने बताइएको छ ।








प्रतिक्रिया