
काठमाडौं, ८ कात्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूकम्पले क्षतिग्रस्त भएको पार्टी कार्यालय भवन पुनर्निर्माणका लागि सहयोग लिइएको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले भूकम्पले क्षतिग्रस्त भएको पार्टी कार्यालय भवन पुनर्निर्माणका लागि सहयोग लिइएको बताएका हुन् ।
महासचिव पोखरेलका अनुसार एमालेले नयाँ पार्टी कार्यालय निर्माण गर्न होइन, २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको पुरानो भवन पुनर्निर्माणका लागि सहयोग लिएको हो ।
‘महाविपत्तिमा भएको क्षतिको पुननिर्माणमा सहयोग प्राप्तगर्ने र सहयोग गर्ने प्रचलन पुरानै हो । महाविपत्ति पछिको राहत, उद्धार र पुननिर्माणमा राज्यले समेत नागरिक र अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिने गरेको तथ्यसंग नेपालीजन जानकार छ । नेकपा (एमाले) नयाँ पार्टी कार्यालय बनाउनका लागि रहेको होइन । पुराना पार्टी कार्यालय महाभूकम्पका कारणले क्षतिग्रस्त भएकोले पुननिर्माण गर्न लागेको हो ।’ महासचिव पोखरेलले भनेका छन्, ‘आजभन्दा १० वर्ष पहिलेको विनाशकारी भूकम्पमा भएको भौतिक क्षतिको पुननिर्माणको नेतृत्व नेकपा (एमाले) आफैले सरकारमा रहँदा गरेको थियो । पहिले जनताका घर पुननिर्माण गर्ने, त्यसपछि सरकारी भवन र सम्पदाको पुननिर्माण गर्ने नीति लिएको थियो । यी सबै काम सकिएपछि मात्र पार्टी कार्यालय भवन पुननिर्माण गर्न खोजेको हो । त्यो पनि बाढी र डुबानका कारणले भाडमा रहेको पार्टी कार्यालयमा ठूलो क्षति बेहोर्नु परेको अवस्थामा आफ्नै कार्यालय भवन बनाउन खोजेको हो ।’
पोखरेलका अनुसार पहिले जनताका घर, त्यसपछि सरकारी भवन र सम्पदाको पुनर्निर्माण सकेर मात्र पार्टी कार्यालय पुनर्निर्माणको काम अघि बढाइएको हो ।
महासचिव पोखरेलले राजनीतिक दलहरू पनि समाजिक संस्था भएकाले पुनर्निर्माणमा राज्य र नागरिक स्तरबाट सहयोग प्राप्त गर्ने स्वाभाविक अधिकार रहेको बताए । उनले भाडामा रहेको पार्टी कार्यालयमा बाढी र डुबानका कारण ठूलो क्षति बेहोर्नु परेको अवस्थामा आफ्नै कार्यालय भवन बनाउन लागिएको स्पष्ट पारे ।
महासचिव पोखरेलले वल्खुस्थित जमिनमा खोला किनारको नयाँ मापदण्डका कारण भवन निर्माण गर्न नसकिएको र पार्टी पंक्तिभित्रबाट पर्याप्त सहयोग संकलन हुन नसकेपछि दानमा जमिन लिने संस्थागत निर्णय गरिएको जानकारी दिए ।
महासचिव पोखरेलका अनुसार पार्टीका शुभेच्छुकहरूले सहयोग गर्ने चाहना राखेकोले स्वाभाविक रूपमा सहयोग स्वीकार गरिएको हो ।
यस्तो छ महासचिव पोखरेलको फेसबुक स्टाटस:








प्रतिक्रिया