
काभ्रे, ८ कात्तिक । काभ्रेको सुनथान गाउँ व्यावसायिक रूपमा लगाइएका सयपत्री र मखमली फूल ढकमक्क भएको छ ।
काठमाडौं आसपासका किसानहरूले तिहारलाई लक्षित गरी सयपत्री र मखमली लगाएका थिए । फूल फुलेसँगै किसानहरूले बजारसम्म ल्याउन थालेका छन् ।
सयपत्री फूल माला तथा थुंगाको रूपमा बिक्री हुन्छ भने मखमली माला बनाएर बिक्री गर्ने गरिन्छ ।
तिहारमा दिदिबहिनीहरुले दाजुभाईको दीर्घायुको कामना गर्दै गलामा सयपत्री, मखमली र गोदावरी फूलको माला लगाइदिने गर्दछन् ।
तिहारको समयमा उपत्यकालगायत देशभर सयपत्री, गोदावरी र मखमली फूलको खपत बढ्छ ।









प्रतिक्रिया