
काठमाडौं, ७ कार्तिक । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म एभरेष्ट बैंकको खुद नाफा बढेको छ ।
अघिल्लो आर्थिक वर्षको यही अवधीको तुलनामा बैंकको नाफा ४४.४४ प्रतिशतले बढेको हो । गत आवको पहिलो त्रैमाससमा ७८ करोड ७ लाख रुपैयाँ नाफा कमाएकोमा चाल आवमा १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ ।
बैंकले १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १३.०९ प्रतिशतले वृद्धि भएर २ अर्ब १३ करोड ९० लाख रुपैयाँ पुगेको छ । यो गत वर्ष १ अर्ब ८९ करोड १५ लाख रुपैयाँ थियो । यस्तै कम्पनीको सञ्चालन नाफा पनि १ अर्ब ११ करोड ५३ लाख रुपैयाँ बाट बढेर १ अर्ब ६१ करोड १६ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी पनि २ अर्ब ३८ करोड रुपैयाँबाट बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६३ करोड रुपैयाँ छ ।
कुल चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ रहेको यस बैंकको रिटेन्ड अर्निङमा १ अर्ब ६३ करोड र रिजर्भमा १३ अर्ब ५३ करोड ५५ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा ०.९० प्रतिशतबा घटेर ०.७७ प्रतिशतमा झरेको छ । बैंकको आधार दर ६.८० प्रतिशत छ भने ईपीएस ३४ रुपैयाँ ८५ पैसा र पीई अनुपात १७.७९ प्रतिशत छ भने नेटवर्थ पर शेयर २१९ रुपैयाँ १ पैसा छ ।








प्रतिक्रिया