६ असार २०८३, शनिबार

नेपाल एसबिआई बैंकको नाफा ७०.०१ प्रतिशतले बढ्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कार्तिक । नेपाल एसबिआई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ८१ करोड ८६ लाख नाफा कमाएको छ ।

बैंकले आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा ७०.०१ प्रतिशत नाफा बढाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४७ करोड ९१ लाख रुपियाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी २.४३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ०.३६ प्रतिशत घटेको छ ।

त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ०.४७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७८.२६ प्रतिशत बढेको वित्तीय विवरणमा उल्लेख छ । खराब कर्जा १.८४ प्रतिशतमा झरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ३ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १९३ रुपियाँ ४६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.११ गुणा रहेको छ । त्यस्तै वितरणयोग्य प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३६ पैसा रहेको छ ।

बैंकको हाल कायम चुक्ता पूँजी १० अर्ब ५० करोड १ लाख रुपैयाँ छ ।