
पोखरा, ७ कार्तिक । पोखरास्थित सूर्यदर्शन सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले घरघरमा पुगेर धम्क्याएको आरोप लगाएका छन् ।
सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समितिले विज्ञप्ती जारी पीडितहरूलाई घरघरमा पुगेर धम्क्याउने प्रभावित पार्ने काम भइरहेको बताएको हो । यस्तै रास्वपाका कार्यकर्ताले पीडितहरूमाथि कुटपिट गरेको समेत बताएका छन् ।
सहकारीको बचत र अनुसन्धानलाई नै प्रभावित पार्ने गरी दिनहुँ पोखरामा भइरहेको प्रदर्शनप्रति पनि समितिले आपत्ति जनाएको छ । रास्वपा सरकारमा हुँदा पनि सहकारीको बचत फिर्ता गर्ने विषयमा कुनै पहल नभएको समितिले उल्लेख गरेको छ ।
‘विगत २ वर्ष अगाडि देखि यो पार्टी सरकारमा हुँदा या नहुँदा पार्टीका नेताहरूलाई हार गुहार गर्दा, कैयन पटक ज्ञापन पत्र बुझाउँदा पीडितको समस्या समाधानका निम्ति बिन्ती बिसाउँदा पनि कहिल्यै कुनै सर सहयोग नभएको कुरा छर्लङ्ग छ ।,’ विज्ञप्तिमा भनिएको छ, ‘तर आज पार्टी सभापति नै अनुसन्धान को दायरामा आउँदा झोलामा पीडितको पैसा बोकी फिर्ता दिने हो की जस्तो गरी टोलटोलमा गरिएको भाषणले जब पार्टी सभापति पक्राउ परे तब घैँटोमा धाम लागेजस्तो देखिएको छ । यो विषयले हामी सहकारी पीडित झनै सशङ्कित भएका छौँ ।’









प्रतिक्रिया