२७ असार २०८३, शनिबार

पोखरा पुगेका कार्यकर्तामाथि रास्वपाको निगरानी, मनोरञ्जनका फोटो पोस्ट गरे कारबाही

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । सभापति रवि लामिछानेको पक्राउविरुद्ध पोखरामा आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता कार्यकर्तालाई कडा निर्देशन जारी गरेको छ ।

पार्टीको अनुशासन विभागले कार्यकर्तालाई आन्दोलनसम्बन्धी सामग्री मात्र सामाजिक सञ्जालमा पोस्ट गर्न भनेको छ ।

विभागले कार्यकर्ताहरुलाई पठाएको म्यासेजमा पोखरामा रहेका कार्यकर्ताले घुमफिर वा मनोरञ्जनका तस्वीर समाजिक सञ्जालमा पोस्ट गरे कारबाही गरिने चेतावनी दिइएको छ । सबै सदस्यलाई आन्दोलनका फोटो र भिडियो मात्र शेयर गर्न भनिएको छ ।

रास्वपाले सभापति लामिछानेको पक्राउविरुद्ध प्रत्येक जिल्लाबाट कम्तीमा १०० जना कार्यकर्तालाई पोखरामा आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा शुक्रबार काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्‍याइएका सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । आइतबार जिल्ला अदालत कास्कीले उनलाई हिरासतमा राख्न ६ दिनको अनुमति दिएको थियो ।

सोमबार उनीसँग सामान्य सोधपुछ र कागजात प्रमाणितको काम गरिएको थियो । मंगलबार सरकारी वकिलको कार्यालयमा प्रहरीले उनीसँग बयान लिएको छ ।