२३ जेष्ठ २०८३, शनिबार

उपराष्ट्रपति यादव अस्पताल भर्ना

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाका लागि उनी मंगलबार साँझ अस्पताल भर्ना भएका हुन् ।

उपराष्ट्रपतिका निजी चिकित्सक डा. शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिनेछ ।

उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए ।

उनको शल्यक्रिया प्राध्यापक डा. रमेशसिंह भण्डारी र सहप्राध्यापक डा. सुमिता प्रधानले गर्नेछन् ।