१५ असार २०८३, सोमबार

भिस्तारा एयरमा भेटिएन बम

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कार्तिक । भिस्तारा एयरको जहाजमा बम राखिएको सूचना हल्ला मात्रै भएको पाइएको छ ।

आज दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्तारा एयरको विमानमा बम रहेको भन्दै भारतबाटै सूचना आएको थियो ।

सूचनापछि नेपाल प्रहरी र नेपाली सेनाको टोलीले कुकुरसहितको प्रयोग गरी खोजी गरेको थियो । विमानमा रहेका १५७ यात्रुलाई उतारेर चेकजाँच गरिएको थियो ।

सर्च भने अझै जारी छ । पूरा सर्च सकिने ६ घण्टा लाग्ने बताइएको छ ।