३० असार २०८३, मंगलबार

टिकटकले जारी गर्‍यो कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । टिकटकले आफ्ना प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल स्पेस सिर्जना गर्ने निरन्तरको प्रतिबद्धता अनुरुप आफ्नो क्यूटू २०२४ कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट जारी गरेको छ ।

अप्रिलदेखि जुन २०२४ सम्मको तथ्याङ्कलाई समेट्ने रिपोर्टमा टिकटकले आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गर्न र हटाउनका लागि उठाएका सक्रिय कदमहरूको विवरण समावेश छ । यस रिपोर्टले टिकटकको विश्वव्यापी कम्युनिटीको लागि सकारात्मक अनुभवकोसमेत सुनिश्चितता प्रदान गरेको कम्पनीले जनाएको छ ।

टिकटकले यस त्रैमासिकमा विश्वव्यापी रूपमा १७ करोड ८८ लाख २७ हजार ४६५ वटा भिडियोहरू हटाएको थियो जुन सङ्ख्याले यस प्लेटफर्ममा अपलोड गरिएका सबै कन्टेन्टको लगभग १.० प्रतिशतको प्रतिनिधित्व गर्दछ । हटाइएका भिडियोहरू मध्ये १४ करोड ४४ लाख ३० हजार १३३ वटा भिडियोहरू अटोमेटेड डिटेक्सन प्रविधिहरू प्रयोग गरेर पत्ता लगाई हटाइएको थियो जबकी ५३ लाख ९४ हजार ३१८ वटा भिडियोहरू थप समीक्षापछि पुनर्स्थापित गरिएको थियो । सक्रिय हटाउने दर ९८.२ प्रतिशतमा रह्यो भने ९३.५ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट गरेको २४ घण्टाभित्र हटाइएको थियो ।

यस प्राविधिक विकासले टिकटकलाई आफ्ना मोडेरेसन प्रयासहरू मापन गर्न र बढ्दो विश्वव्यापी कम्युनिटीको लागि सुरक्षित वातावरण कायम गर्न सक्षम बनाउँछ । ९८.२ प्रतिशतको सक्रिय डिटेक्सन दरसँगै प्रयोगकर्ताहरूसम्म पुग्नु अघि नै हानिकारक सामग्रीलाई सम्बोधन गर्ने सवालमा टिकटक पहिलेभन्दा अझ बढी कुशल बनेको छ । रिपोर्टले टिकटकको कन्टेन्ट मोडेरेसन प्रणालीहरूको शुद्धता र प्रभावकारितालाई सुदृढ गर्दै पुनर्स्थापित भिडियोहरूमा आएको ५० प्रतिशत कमीलाई पनि हाइलाइट गर्दछ ।

रिपोर्टले हटाइएका भिडियोहरूको महत्त्वपूर्ण भाग ३१ प्रतिशतमा टिकटकको कन्टेन्ट नीतिहरूसँग नमिल्ने संवेदनशील वा परिपक्व विषयवस्तुहरू रहेको कुरा पनि संकेत गर्छ । थप १५.१ प्रतिशत भिडियोहरूले भने यस अवधिमा प्लेटफर्मको सुरक्षा र सभ्यता मापदण्डहरू उल्लङ्घन गरेका र ४.७ प्रतिशतले भने गोपनीयता र सुरक्षा दिशानिर्देशहरू उल्लङ्घन गरेको पाइएको कम्पनीले जनाएको छ ।

पछिल्लो त्रैमासिक जस्तै टिकटकले हटाइएका कभर्ट इन्फ्लुएन्स अपरेसन (सीआईओ) नेटवर्कहरूको सारांश दिन जारी राख्नेछ । साथै, रोकिएका व्यक्तिगत अपरेशनहरूको विस्तृत जानकारी नयाँ स्ट्यान्डअलोन रिपोर्टमा उपलब्ध रहेको छ ।

कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टको आवधिक प्रकाशनले कन्टेन्ट र अकाउन्ट एक्सनहरूको मापन र प्रकृतिमा अन्तर्दृष्टि प्रदान गर्दछ जसले पूर्ण पारदर्शिताको लागि टिकटकको प्रतिबद्धतालाई जोड दिन्छ । क्यूटू २०२४ रिपोर्टमा रहेका विस्तृत अन्तर्दृष्टिहरू र टिकटकको कन्टेन्ट गाइडलाइन्स, टुल्स र नीतिहरूबारे थप जान्न टिकटकको ट्रान्सपेरेन्सी सेन्टरमा जान सकिने कम्पनीले जनाएको छ ।